अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोजगार | Khabarhub Khabarhub

अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोजगार


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले उद्योग, ब्यापार व्यवसाय ठप्प भएको अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोगार भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकाहरुलाई गत हप्ता सरकारले दिएको सहुलियत लिने बेरोजगारहरुको संख्या नै ३२ लाखभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको भने अप्रिल महिनामा मात्रै १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ ।

अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा अहिले  १४.७ प्रतिशत पुगेको छ ।

यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ३१ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले