१०१ वर्षका किथ वाट्सन कोरोनाको उपचारपछि घर फर्किए | Khabarhub Khabarhub

१०१ वर्षका किथ वाट्सन कोरोनाको उपचारपछि घर फर्किए


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुप लिएर अहिले विश्वभर संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिम पाको उमेरका व्यक्तिमा हुन्छ ।

चीन तथा अमेरिकामा भएका अध्ययन तथा विश्वभरबाट प्राप्त भएका तथ्यांकका विश्लेषणमा कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी पर्ने तथा मृत्यु हुने जोखिम पाको उमेरका व्यक्तिमा बढी हुने देखिएको छ ।

तर बेलायतको वोरसेस्टरशायरका १०१ वर्षका व्यक्तिले कोरोना भाइरसलाई जितेका छन् । १०१ वर्षका किथ वाट्सनलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । तर उनले कोरोना भाइरसलाई जितेका छन् ।

अस्पतालबाट निको भएर घर फर्किएका किथसहितको तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै शेयर भएको छ । किथ बुधबार अस्पतालबाट बिदा भएका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ४२ बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको