४ दिनमा 'बागी ३' को कमाइ कति ? | Khabarhub Khabarhub

४ दिनमा ‘बागी ३’ को कमाइ कति ?


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफको फिल्म ‘बागी ३’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । यद्यपि फिल्मले बक्स अफिसमा भने उत्साहजनक व्यापार गरेको छ ।

श्रद्धा कपूर, रितेश देशमुख लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको कमाइ आइतवार भने केही कम देखियो ।

भारतीय मिडियाका अनुसार यो फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । यस्तै दोस्रो दिन फिल्मको कमाइ १६ करोड ३ लाख र तेस्रो दिन २० करोड ३० लाख थियो ।

फिल्मले चौथो दिन ८ करोड ५० लाख कमाउँदै चार दिनमा ६२ करोड कमाइ गरेको छ । यो फिल्मले एक सय करोड कमाइ गर्ने फिल्म जानकारहरुले अनुमान गरेका छन् ।

फिल्ममा दुई भाइको कथा छ । फिल्ममा टाइगर र रितेश दुई भाइको भूमिकामा छन् । फिल्ममा टाइगरले देखाएको एक्सनलाई भने दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ४९ बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा