पत्रकारको आवरणमा लागू औषध तस्करी ! | Khabarhub Khabarhub

पत्रकारको आवरणमा लागू औषध तस्करी !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– पत्रकारको आवरणमा लागू औषध (ड्रग्स) तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ घर भएका ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारतको बिहार घर भएका २२ वर्षीय नासिर आलम छन् ।

प्रहरीका अनुसार वीरगन्ज घर भएका जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकलमा ड्रग्स तस्करी गर्ने गरेका थिए ।

पछिल्लो समय उनीहरु २ जना बीचको कुराकानी शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा लागू औषध फेला परेपछि दुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरणको अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागू ओषध डाइजेपाम ३ सय एम्पुल, नुफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल गरी कूल ९ सय एम्पूल बरामद गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : ५१ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ