ललितपुरमा मूर्ति बनाउने मजदुरको हत्यामा संलग्न अभियुक्त ७ महिना पछि पक्राउ | Khabarhub Khabarhub

ललितपुरमा मूर्ति बनाउने मजदुरको हत्यामा संलग्न अभियुक्त ७ महिना पछि पक्राउ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको बालकुमारीमा मूर्ति बनाउने काम गर्दै आएका मजदुरको हत्या गरेर फरार भएका व्यक्ति ७ महिना पछि पक्राउ गरेका छन् ।

उदयपुरको कटारी नगरपालिका–२ गरास घर भइ ललितपुरको बालकुमारीमा मूर्ति बनाउने काम गर्दै आएका ३३ वर्षीय हरि खड्का २८ साउन २०७६ मा मृत फेला परेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा खड्कामाथि घटना भएको ३ दिन अगाडि (२५ साउन २०७६)मा कुटपिट भएको भेटिएको थियो । खड्गालाई मकवानपुरको गढी गाउँपालिका–१ घर भएका कुमार थिङ भन्ने मान कुमार थिङसहितका व्यक्तिले निर्घात कुटपिट गरी घाइते बनाएर छाडेका थिए ।

थिङसहितका व्यक्तिको कुटपिटबाट खड्काको मृत्यु भएको प्रहरीले निष्कर्श निकालेको थियो ।

प्रहरीले कुटपिटमा संलग्नमध्येका १ जना अभियुक्तलाई ७ महिना पछि आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–१ पिङडाँडा घर भएका १९ वर्षीय धने भन्ने आरुष थिङ छन् ।

काठमाडौंबाट खटिएको महानगरीय अपराध मशाखाको टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले थिङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थिङलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ४१ बजे

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको