मोबाइल हरायो, यस्तो छ आफैंले भेट्टाउने उपाय | Khabarhub Khabarhub

मोबाइल हरायो, यस्तो छ आफैंले भेट्टाउने उपाय


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अनेकौं तनावले मोबाइल फोन कतै राखेर विर्सने तथा हराउने आम नेपालीको समस्या हो ।

कतिपयले जानाजानी दुःख दिनकै लागि समेत मोबाइल लुकाइदिन्छन् । यस्तो अवस्थामा तपाई आफैंले हराएको मोबाइल भेट्टाउन सक्नुहुन्छ।

हराएको मोबाइल खोजी गर्ने एउटा साधन तपाईसँग उपलब्ध भएमा तत्कालै भेट्न सकिने  भएको छ । मोबाईल फोन बनाउने कम्पनी मोटोरोलाले एक की-चेन (साँचोको गुच्छा) सार्वजनिक गरेको छ ।

जसले मोबाइल खोज्न तपाईँलाई मद्धत गर्दछ । त्यसका साथै यदि तपाईँको साँचो हराएको छ तर मोबाइल साथमा छ भने पनि मोबाइलले यो साँचोको गुच्छा (की चेन) लाई पत्ता लगाउने छ ।

यो की लिंकलाई तपाईँले आफ्नो स्मार्टफोनका साथ कनेक्ट (पेयर) गर्न सक्नुहुनेछ । यसपछि  जहिले तपाईँले आफ्नो मोबाइल कतै राखेर बिर्सनु भएको छ भने यो साँचोको गुच्छाको मद्धतले त्यसलाई खोज्न सक्नुहुनेछ ।

यदि तपाईँले साँचोको गुच्छा नै बिर्सनु भयो भने पनि केहि छैन तपाईँले स्मार्टफोनद्धारा त्यसलाई खोज्नसक्नु हुनेछ । यो की लिंकको बजार मूल्य २४.९९ अमेरिकी डलर अर्थात करिब २४ सय नेपाली रुपैंया तोकिएको छ ।

यो साँचो मोटोरोलाको आधिकारीक साइट मोटोरोला डटकमबाट पनि खरिद गर्न सकिनेछ ।

कम्पनीकाअनुसार यो साँचोको गुच्छाको ब्याट्रीले एक वर्षसम्म काम गर्दछ, जुन आवश्यक परेमा सजिलैसँग साधारण क्वाइन सेल ब्याट्रीद्धारा परिवर्तन गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : ४४ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ