आगामी तीन दिन मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावनाः मौसम विभाग | Khabarhub Khabarhub

आगामी तीन दिन मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावनाः मौसम विभाग


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तिन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज विहान देशको केही पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

विभागले पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २७ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २८ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

रातिः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ५४ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको