कोरोनाभाइरसको असरः आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द | Khabarhub Khabarhub

कोरोनाभाइरसको असरः आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

नेपालीले पनि स्वास्थ्य प्रमाणपत्र देखाउँनुपर्ने !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ ।

अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ ।

अध्यागमनले जारी गरेको विज्ञप्ति

अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।

आफू स्वस्थ भएको प्रमाणपत्र पनि ७ दिनभित्रको मितिमा तयार भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालीले पनि स्वास्थ्य प्रमाणपत्र देखाउँनुपर्ने !

यसैबीच बिदेशबाट नेपाल आउने नेपालीले पनि आफू कोरोना संक्रमित नभएको पुष्टि हुने कागजात पेस गरेर मात्र नेपाल आउन पाउने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

ठीकठाक अवस्थामा नेपाल आएका नेपाली र विदेशी जो कोहीले पनि अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको मन्त्री ढकालले जनाएका छन् ।

तर यसअघि चीनबाट उद्धार गरेर नेपाल ल्याइएका १ सय ७५ जना नेपालीका लागि राज्यस्तरबाट भएको उद्धार एवं सरकारले नै क्वारेन्टीमा राख्ने अवस्था भने नरहेको मन्त्री ढकालले बताएका छन् ।

भवितब्य आइहाले खरिपाटीको क्वारेन्टाइनसहित काठमाडौं उपत्यकाका सबै ४३ वटै अस्पताललाई तमतयार रहन निर्देशन दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

उनले भने, ‘हामिसँग प्लान छ, मुख्य प्राथमिकतामा टेकु अस्पताल, पाटन र सशस्त्र प्रहरीका अस्पताल छन् १ सय ४० भन्दा बढी आइसोलेसन बेड तमतयारी अवस्थामा छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : १२ बजे

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म