दिशा पटानीले भनिन् – आजसम्म कुनै केटाले प्रेम प्रस्ताव राखेको छैन | Khabarhub Khabarhub

दिशा पटानीले भनिन् – आजसम्म कुनै केटाले प्रेम प्रस्ताव राखेको छैन


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका कैयन् सेलिब्रेटीले प्रणय दिवसका लागि प्लान बनाइरहेका छन् । कतिले प्रपोज डे पनि मनाए । यसै दिन दिशा पटानीले भने फ्यानलाई पत्यार नलाग्ने एक कुराको खुलासा गरेकी छिन् ।

यतिबेला आफ्नो फिल्म ‘मलंग’ का कारण चर्चामा छिन् । दिशाले एक अन्तर्वार्ताका क्रममा भनिन् – कसैले मलाई आजसम्म प्रपोज नै गरेको छैन, म स्कूलमा टमब्याय टाइपकी थिएँ ।

दिशालाई एक अन्तर्वार्ताका क्रममा सोधिएको थियो कि, तपाईंलाई आजसम्म कति जनाले प्रेम प्रस्ताव राखेका छन् ? उत्तर दिने क्रममा उनले आजसम्म कसैले पनि प्रस्ताव नराखेको बताएकी हुन् ।

उनले आफ्ना पिता प्रहरी भएकाले पनि केटाहरुले प्रेमप्रस्ताव राख्न डर मान्ने गरेको बताइन् । ‘कलेजमा पनि मलाई कसैले प्रपोज गरेनन्, फेरि म बलिउडमा आएँ, यहाँ पनि म धेरैसँग भेटिनँ, मेरो जीवन दुःखले भरिएको छ,’ उनले भनिन् ।

उनले प्रेम भन्ने कुरा निकै महत्त्वपूर्ण भएको समेत प्रतिक्रिया दिइन् । उनले प्रेमलाई प्रेरणा दिने शक्तिका रुपमा अर्थ्याइन् ।

‘तपाईं जीवनमा जे गर्नुहुन्छ, त्यो प्रेम हुन्छ, जे गर्नुहुन्छ, ती कि मायाका लागि गर्नुहुन्छ, कि त माया पाउनका लागि गर्नुहुन्छ,’ दिशाले भनिन्, ‘मायाविना त कसरी रहन सक्नुहुन्छ ?’

उनले पहिलो नजरमा कसैसँग प्रेम भएको पनि बताइन् । त्यो आफ्ना लागि महत्त्वपूर्ण भएको पनि दिशाले सुनाइन् ।

अक्सर दिशा पटानी र टाइगर श्राफ प्रेमसम्बन्धमा रहेको खबर बलिउडमा चर्चामा रहन्छ । दिशा ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ बाट चर्चामा आएकी छिन् । त्यसपछि उनी अरु कैयन् फिल्ममा आइन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ५३ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०