राजीनामाका विषयमा ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि, नयाँ सभामुख चयनमा उल्झन | Khabarhub Khabarhub

राजीनामाका विषयमा ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि, नयाँ सभामुख चयनमा उल्झन


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाका कारण सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो बनेको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको चयन भन्नेमा समस्या देखिएको छ । जसका कारण नयाँ सभामुख चयनको विषय नै अन्योलमा परेको नेकपा श्रोतको दाबी छ ।

अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी पक्षले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ सभामुख चयनको बाटो खुल्ने तर्क गरेको र प्रधानमन्त्री ओली पक्षले पहिला सभामुख चयन त्यसपछि उपसभामुखको राजीनामाको बाटो उपयुक्त हुने बताउँदा सभामुख चयन थप पेचिलो बनेको स्रोतको दाबी छ ।

प्रचण्ड निकट नेताहरुले भने अर्का अध्यक्ष ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिनबाट रोकेको भन्दै संशय व्यक्त गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने बताउँदै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भने उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने लिवङ गरेको नेकपा निकट श्रोतको दाबी छ ।

शुक्रवार उपसभामुख तुम्बाहाङ्फे र नेकपाका दुई अध्यक्षबीच भेटवार्तासमेत भएको छ । भेटमा उपसभामुख तुम्बाहाङ्फेले नयाँ सभामुखको चयन नगरी आफूले राजीनामा नदिने अडान राखेको बालुवाटार श्रोतको भनाइ छ ।

तुम्बाहाङ्फे राजीनामा नदिएका कारण सभामुख चयन प्रक्रिया जटिल बनेको पूर्वमाओवादीका केही नेताहरुको भनाइप्रति समेत उपसभामुख तुम्बाहाङ्फेले अध्यक्षद्वयसँग असन्तुष्टि जनाएकी छिन् ।

मेरो राजीनामा नआएका कारण रोकियो भनेर केही साथीहरुले भन्नु भएको रहेछ, के आधारमा यस्तो भनिरहनु भएको छ । कुन कानूनको आधारमा उहाँहरुले यसो भनिरहनु भएको छ ?’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

भेटमा उपसभामुख तुम्बाहाङ्फेले तत्कालिन सभामुख कृष्णबहादुर महराको दोषको आफू भागिदार नबन्ने र आफ्नो कारणले सभामुख चयनमा कुनै अवरोध नभएको बताएको स्रोतको दाबी छ ।

उपसभामुख तुम्बाहाङ्फेसँगको छलफल पछि प्रधानमन्त्री ओली र प्रचण्डबीच पनि छलफल भएको थियो । तर दुई अध्यक्षबीचको छलफलले केही निचोड भने निस्कन सकेन ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ४ : ४५ बजे

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ