प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय | Khabarhub Khabarhub

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले नाम र राजधानीका विषयमा निर्णय गरेसँगै अब प्रदेश तीनमा देखिएको विवाद समाधान भएको हो ।

नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।

उनले केही फरक मतहरु आएपनि तिनलाई सुरक्षित गरेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भएको जानकारी दिए ।

प्रदेश सभाको बैठक आइतबार बस्ने सम्भावना रहेको छ । सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ । जसमध्ये ८० जना नेकपाका सांसद छन् । प्रदेशको नाम र राजधानी २ तिहाइले पारित गर्नुपर्छ ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : ०७ बजे

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ