जर्मनीमा आयोजित गलैंचा मेलामा नेपालको सहभागिता | Khabarhub Khabarhub

जर्मनीमा आयोजित गलैंचा मेलामा नेपालको सहभागिता


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ ।

आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

प्रत्येक वर्ष आयोजना हुने मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले जानकारी दिए ।

नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र विस्तार गरी विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसरको रुपमा मेलालाई हेरिएको उनको भनाइ छ ।

गत वर्ष गलैंचाबाट आठ अर्ब ५० करोड रुपैँयाबराबरको विदेशी मुद्रा आर्जन गरी निर्यातजन्य वस्तुको सूचीमा प्रथम स्थानमा रहन सफल भएपनि केही वर्षयता यसको निर्यात क्रमशः घट्दै गएको छ ।

नेपाली हस्त निर्मित गलैंचाको माग विश्वका धेरै मुलुकबाट भएपनि उपयुक्त वातावरण बन्न नसक्दा क्रमशः व्यवसायीहरु पलायन हुन थालेकाले उनीहरुलाई व्यवसायतर्फ आकर्षित गर्न अन्तराष्ट्रिय स्तरमा आयोजना हुने यस्ता मेलाहरु सहयोगी हुने गुरुङको भनाई छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १२ : १३ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम