चिनियाँ हस्तक्षेप बढेको भन्दै लहानमा प्रदर्शन | Khabarhub Khabarhub

चिनियाँ हस्तक्षेप बढेको भन्दै लहानमा प्रदर्शन


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- नेपालमा चिनियाँ हस्तक्षेप बढेको ‘सरिता गिरी समर्थक समूह’ले सिरहाको लहानमा प्रदर्शन गरेको छ ।

स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट निकालिएको चीनविरोधी र्‍याली बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा ‘लोकतन्त्र सुनिश्चित गर’, ‘नागरिक अधिकार रक्षा गर’, ‘गो ब्याक चाइना’, ‘नेपालको राजनीतिमा चीनको हस्तक्षेप बन्द गर’, ‘चीनले मिचेको नेपाली भूमी फिर्ता गर’  जस्ता नारा लगाइएको थियो ।

 

नेपालको राजनीतिमा बढेको चिनियाँ हस्तक्षेपकै कारण नक्सा प्रकरणमा नेतृ सरिता गिरीलाई कारबाही गरिएकाले प्रदर्शनमा उत्रन बाध्य भएको सहभागीहरूले बताएका छन् ।

कोणसभामा पूर्वमन्त्रीसमेत रहेकी नेतृ गिरीले नक्सा प्रकरणमा संसदमा उठाएका आफ्ना आवाज जायज रहेकी दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : २८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी