तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन | Khabarhub Khabarhub

तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

“सफल बन्नका लागि एउटा गोप्य सूत्र छ र त्यो हो आफ्नो सपनालाई जीवित राख्नु । वास्तवमा जीवित सपनाले नै कमजोर विचारहरूबाट बचाउने गर्दछ ।”

यो प्रेरक भनाई हो अलिबाबाका फाउण्डर तथा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको । उनले सफल र सुखी हुन केही सूत्रहरू प्रयोग गरेका छन् । पटक–पटक उनले आफ्ना सफलताका सूत्र सार्वजनिक गर्ने गरेका छन् । तपाईं पनि ज्याक मासँग केही सिक्ने कि ?

१. सफलताका लागि धैर्यता सबैभन्दा जरुरी चिज हो ।
२. जिन्दगी निकै छोटो छ, तर निकै सुन्दर पनि । काममा मात्रै धेरै गम्भीर नहुनुहोस्, जिन्दगीको मज्जा पनि लिनुहोस् ।

३. संसारमा पैसाको कुनै कमी छैन, कमी छ त केवल सपना देख्नेहरूको ।

४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुहोस् । प्रतिस्पर्धा त केवल सेवा र सिर्जनशीलतासँग गर्नुहोस् ।

५. आफू जो हो, उही बन्ने प्रयास गर्नुहोस् । तब मात्रै खुसी र सफलता मिल्छ । ‘कपिक्याट’ले तपाईं शिखर चुम्न सक्नुहुन्न ।

६. तपाईंलाई संगतका लागि इमानदार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमानदार ।

७. तपाईं प्रयास गर्नै डराउनुहुन्छ भने कहिल्यै सफलता मिल्दैन । तपाईंले प्रयास नै गर्नुभएको छैन भने कसरी थाहा हुन्छ कि कुनै अवसर छ या छैन ?

८. कहिल्यै हार नमान्नुहोस् । किनभने, आज कठिन छ, भोलि झनै कठिन हुनेछ । तर, नआत्तिनुहोस्, पर्सि अवश्य तपाईंको दिन आउनेछ।

९. हार मान्नुभएन भने तपाईंसामु अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ । आफैँप्रति गुनासो गर्न पनि छाड्नुहुन्न ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ५६ बजे

निगमले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा

अर्थतन्त्र तीन खर्ब ५६ अर्बले बढ्ने प्रक्षेपणको आधार के ?

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए

काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु