ओमानका नेपाली श्रमिकको सेवाका लागि दूतावासले घुम्ती सेवा सञ्चालन गर्दै | Khabarhub Khabarhub

ओमानका नेपाली श्रमिकको सेवाका लागि दूतावासले घुम्ती सेवा सञ्चालन गर्दै



दोहा- ओमानमा कार्यरत नेपाली श्रमिकहरुको सेवा तथा सुविधाको लागि नेपाली दूतावासले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

दूतावासका अनुसार आगामी पुष ३ गते अर्थात १८ डिसेम्बर शुक्रबारका दिन घुम्ती सेवा सञ्चालन गरी दोफार प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण गर्ने जनाएको छ ।

यस्तै, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका विविध अत्यावश्यक सेवाहरू प्रदान गर्ने कार्यक्रम गरिने हुँदा उक्त सेवा लिन इच्छुक महानुभावहरूले निम्न स्थानमा उपस्थित भई सेवा लिन सकिने दूतावासले जानकारी दिएको छ ।

माथि उल्लेखित सेवाहरू लिनको लागि चाहिने आवश्यक कागजातहरू र दस्तुर सम्बन्धी विवरण यस दूतावासको वेभसाइटमा राखिएको समेत जनाएको छ ।

स्थानः सलाला (उपयुक्त स्थान पछि तोकिने) जनाएको छ ।यस सम्बन्धि कुनै जिज्ञासा भएमा अनुप ढकाललाई ७१५९२४९० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ५८ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको