उच्‍च अदालतद्वारा पत्रकार अर्नबलाई जमानत दिन अस्वीकार | Khabarhub Khabarhub

उच्‍च अदालतद्वारा पत्रकार अर्नबलाई जमानत दिन अस्वीकार


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- बम्बई हाई कोर्टले टीभी एंकर अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ ।

अर्नबलाई रायगढ प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । उनी १४ दिनको न्यायिक हिरासतमा छन् । हाई कोर्टले फैसलामा अर्नबले चाहे सत्र न्यायालयसँग जमानत माग्न सक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

हाई कोर्टले सम्बन्धित न्यायालयलाई अर्नबले जमानतका लागि दिएको निवेदनमाथि चार दिनभित्रै निर्णय लिन पनि निर्देशन दिएको छ ।

महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फणनविसले ट्विट गरेर हाई कोर्टले अर्नबका साथ हिरासतमा गरिएको दुव्र्यवहारका बारेमा जानकार लिनपर्ने माग गरेका छन् । अर्नबले हिरासतमा आफूमाथि प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएका छन् । – बीबीसी

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ३० बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको