‘हाम्रोपात्रो’ एपबाट विदेशमा रहेका नेपालीले गिफ्ट पठाउन सक्ने | Khabarhub Khabarhub

‘हाम्रोपात्रो’ एपबाट विदेशमा रहेका नेपालीले गिफ्ट पठाउन सक्ने


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका आफन्तलाई नेपाली एप ‘हाम्रो पात्रो’बाट गिफ्ट पठाउन सकिने भएको छ ।

कम्पनीले विदेशमा रही नेपालस्थित आफ्ना आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु गरेको हो ।

तिहार तथा भाइ टीकाका लागि कम्पनीले प्रि(अर्डर लिन सुरु गरिसकेको छ । उपहार सामग्री तथा मिति चयन गरी प्रि(अर्डर गर्न सकिनेछ । यसरी चयन गरिएको मितिमै डेलिभरी सेवा उपलब्ध गराइनेछ । तिहारलाई लक्षित गरेर कम्पनीले नोभेम्बर १६ सम्मका लागि २५ डलर माथिको अर्डरमा डेलिभरी निःशुल्क गराएको छ ।

भाइ टीकाका लागि विशेष रुपमा भाइ मसलाका तीनवटा कम्बो प्याक तयार पारिएका छन् । जसमा भ्यालु प्याक, स्ट्यान्डर्ड प्याक र प्रिमियम कम्बो प्याक रहेका छन् ।

हाललाई हाम्रोपात्रोले काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा उपहार सामग्रीको डेलिभरी सेवा उपलब्ध गराउनेछ । विदेशमा रहेका व्यक्तिले इन्टरनेसनल कार्डबाट भुक्तानी गरी गिफ्ट पठाउन अर्डर दिन सक्नेछन् ।

यसरी प्राप्त अर्डर २४ घण्टाभित्र डेलिभरी दिइने हाम्रोपात्रो इंकले जनाएको छ ।

‘हाम्रो गिफ्ट’ मा लक्ष्मीपूजाका लागि आवश्यक बत्ती, मूर्ति, दियो, फूलमाला आदि जस्ता उपहार सामग्री समावेश गरिएको छ ।

लिक्वेर, विद्युतीय सामग्री, झिलिमिली बत्ती, मिठाई, केक, चकलेट, टेडी बियर, कार्ड, घडी, बडी स्प्रे तथा पर्फ्युम, मोबाइल फोन, कपडा, होम अप्लायन्सेस, ड्राइ फ्रुट, फोटो फ्रेम, जुस लगायतका सामग्री समेत हाम्रोपात्रोबाट अर्डर गर्न सकिनेछ ।

कुनै पनि गिफ्ट आइटम अर्डर गर्दा त्यहाँ देखिने सन्देश लेख्ने ठाउँमा पठाउन खोजिएको गिफ्टमा अभिव्यक्त गर्न खोजिएको सन्देश लेख्न सकिने छ । उक्त सन्देशलाई प्रिन्ट गरी गिफ्ट आइटममा संलग्न गरिने कम्पनीले जनाएको छ ।

हाल वेबसाइटमा उपलब्ध रहेको हाम्रो पात्रोको ईकमर्स सेवा चाँडै मोबाइल एपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : १५ बजे

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र