राष्ट्रपति चुनिएपछि कार्ययोजना बनाउँदै बाइडेन, कोरोना महामारी नियन्त्रण प्राथमिकतामा | Khabarhub Khabarhub

राष्ट्रपति चुनिएपछि कार्ययोजना बनाउँदै बाइडेन, कोरोना महामारी नियन्त्रण प्राथमिकतामा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनिएसँगै जो बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन जुटेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका बाइडेन ह्वाइट हाउसको बागडोर सम्हाल्नअघि आफ्ना रणनीतिकारहरूसँग कार्ययोजना बनाउन ब्यस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : रोयटर्स

बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेको छ ।

बाइडेनको टोलीका अनुसार अब अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई अनिवार्यरूपमा मास्क लगाउन भनिनेछ।

बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्र उकास्ने खालका कार्ययोजना ल्याउने तयारी थालेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुन: स्वीकार गर्नेछ।

यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ।

तस्वीर : रोयटर्स

ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ।

ट्रम्पको कानुनी चुनौती

राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् ।

उनले केही राज्यको परिणामलाई लिएर कानुनी चुनौती दिने बताएका छन् ।

ट्रम्पका कानुनी सल्लाहकार रुडी गिलियानीले फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हार स्वीकार्नु गलत भएको बताउँदै भने, ‘कम्तीमा ४ र सम्भवतः १० राज्यमा मत चोरी भएको स्पष्ट प्रमाण छन्।’

यद्यपि ट्रम्पको चुनावी अभियानले यसबारेमा कुनै प्रमाण सार्वजनिक गरेको छैन।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ४५ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा