यूएईमा छुरा प्रहार गरी श्रीमतीको हत्या   | Khabarhub Khabarhub

यूएईमा छुरा प्रहार गरी श्रीमतीको हत्या  



दोहा- संयुक्त अरब एमिरेट्स (यूएई) मा श्रीमानले श्रीमतीको छुरा प्रहार गरी हत्या गरेका छन् ।

लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमाया मगर तामाङको श्रीमानले हत्या गरेका हुन् ।

गत सेप्टेम्बर २५ तारिखमा श्रीमान चन्द्र लिम्बूले दुबईमा भेट्न बोलाएकी श्रीमतीसँग विवाद हुँदा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

तामाङको शव पोष्टमार्टमका लागि दुबई अल रसिदिया अस्पतालमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

लिम्बूलाई दुबई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

तामाङको शव नेपाल पठाउन आर्थिक अभावले नसकिएकाले आवश्यक सहयोगका लागि दुबईमै रहेकी मृतककी दिदीले एनआरएनसँग अनुरोध गरेकी छन् ।

४ दिनभित्र शव बुझ्न दुबई प्रहरीले आफन्तलाई भनेपछि उनीहरूले यूएईस्थित नेपाली दूतावासलाई पनि अनुरोध गरेको शेर्पाले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ३२ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति