बाइडेनसँगको भर्चुअल बहसमा बस्न ट्रम्प अनिच्छुक | Khabarhub Khabarhub

बाइडेनसँगको भर्चुअल बहसमा बस्न ट्रम्प अनिच्छुक


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् ।

अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको ट्रम्पले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्प बिहीबारदेखि काममा फर्किएका छन् । तथापी उनी  अझै उपचारकै क्रममा रहेका छन्।

‘म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,’ फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय गरेका हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्वराष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ४३ बजे

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी