बेल्जियमले आइसल्याण्डलाई ५-१ गोल अन्तरले हरायो | Khabarhub Khabarhub

बेल्जियमले आइसल्याण्डलाई ५-१ गोल अन्तरले हरायो


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युईएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा बेल्जियमले आइसल्याण्डमाथि ५-१ को फराकिलो जित निकालेको छ। किङ्ग बउडोइन स्टेडियममा भएको खेलमा घरेलु टोलीले फराकिलो जित निकालेको हो।

खेलमा अग्रता भने आइसल्याण्डले लिएको थियो। खेलेको १० औं मिनेटमा होल्मबेर्ट फिरोजोनन्सनले आइसल्याण्डलाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेट भित्रै बेल्जियमले खेल बराबरीमा ल्यायो एलेक्स विटसेलको गोलमा। लगत्तै १७ औं मिनेटमा मिचि बात्सुइले गोल गर्दै बेल्जियमलाई अग्रता समेत दिलाए।

पहिलो हाफमा २-१ ले अघि रहेको बेल्जियमले दोस्रो हाफमा तीन गोल थप्यो। खेलको ५० औं मिनेटमा ड्राइज मेर्टेन्सले गोल गरे भने बातसुइले नै ६९ मिनेटमा आफ्नो ब्यक्तिगत दोस्रो गोल समेत गरे। त्यस्तै ७९ मिनेटमा जेरेमी डोकुले गोल थप्दा बेल्जियमले आइसल्याण्डमाथि ५-१ को फराकिलो जित निकाल्यो।

त्यस्तै गएराति नै भएको समूह बी कै अर्को खेलमा इङ्ग्ल्याण्ड र डेनमार्क गोलरहित बराबरीमा रोकिए। पार्केन स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्ड घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकियो।

समूह बी मा इङ्ग्ल्याण्ड, डेनमार्क, बेल्जियम र आइसल्याण्ड छन्।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : ४० बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका