स्क्वास प्रशिक्षक थापालाई कोरोना पुष्टि | Khabarhub Khabarhub

स्क्वास प्रशिक्षक थापालाई कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली खेलकुद क्षेत्रका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल स्क्वास संघका उपाध्यक्ष मनोजबहादुर श्रेष्ठ र स्क्वासकै प्रशिक्षक हिरा थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सातदोबाटोस्थित स्क्वास एकेडेमीमा बस्दै आएका प्रशिक्षक थापालाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संघका उपाध्यक्षलाई कोरोना संक्रमण देखिएपछि प्रशिक्षक थापाले शनिबार स्वाब परीक्षण गराएका थिए ।

आइतबार रिर्पोट पोजेटिभ आएपछि आफू सातदोबाटोस्थित स्क्वासको एकेडेमीको कोठामा आइसोलेसनमै सुरक्षित साथ बसिरहेको खबरहबसँग बताएका छन् ।

‘उपाध्यक्षज्यूलाई कोरोना संक्रमण पुष्टि भएपछि म लगायत ८–९ जनाले परिक्षण गराएका थियौं । त्यसमा मेरो रिर्पोट पोजेटिभ आएको हो,’ प्रशिक्षक थापाले भने ।

नेपालमा कोरोना संक्रमित अधिकांशमा लक्षण देखिइरेहको छ । आइतबार कोरोना पोजेटिभ देखिएका प्रशिक्षक थापालाई पनि लक्षणविना नै आफूलाई संक्रमण पुष्टि भएको बताए ।

‘उपाध्यक्षज्यूलाई ज्वरो आएपछि कोरोना जाँच गराउनु भएको थियो रे ! तर, उहाँलाई संक्रमण देखिएपछि हामीले पनि जाँच गरायौं । जसमा मेरो रिपोर्ट पोजेटिभ आएको छ, मेरो स्वास्थ्यमा कुनै समस्या भने छैन,’ थापाले भने ।

गोरखा स्थायी घर भएका थापाको परिवार सातदोबाटोस्थित एकेडेमीमा बस्दै आएका छन् ।

अब सोमबार मन्त्रालयको टोलीले उनको परिवारका सदस्यको कोरोना जाँच गर्ने जानकारी पाएको थापाले बताए । तर, मन्त्रालयले नगरे आफ्नै पहलमा भएपनि कोरोना जाँच गर्ने तयारीमा थापा रहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ०६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने