बाँकेमा एक ७० वर्षीया कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा एक ७० वर्षीया कोरोना संक्रमितको मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो ।

“नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजना ७० वर्षको महिला को मृत्यु भएको हो” सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय ले खबरहबलाई बताए ।

कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए।

गत साउन २३ गते बिहान ७:४५ बजे अस्पताल पुगेकी ती महिलाको सोही दिन स्वाब संकलन गरिएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

ती महिलामा निमोनियाकाका साथै रक्त सञ्चालनको समेत समस्या थियो।

यसअघि बाँकेको नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवा र बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ। योसँगै बाँकेमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

यसैबीच बाँके जिल्लामा आइतबार ४८ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ४३ बजे

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित