हात्तीले योगा गरेको भिडियो भाइरल | Khabarhub Khabarhub

हात्तीले योगा गरेको भिडियो भाइरल


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल सामाजिक सञ्जालमा वन्यजन्तुसँग् जोडिएका भिडियो र तस्बिरहरु निकै रुचाइन्छ । कहिलेकाहि जनावर वा पक्षिंको अनौठो ब्यवहारले निकै चर्चा पाउने गरेको छ । यस्तैमा आजकल एक हात्तीको भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोमा एक हात्ती योगा गरेको देख्न सकिन्छ । एक विशाल हात्ती स्टन्ट झै योगा गर्दछ ।

हात्तीलाई योगा गराउन एक महिला हातमा छडी लिएर निर्देशन गर्दछिन् । सोहि निर्देशन बमोजिम हात्ती मज्जाले आफ्नो खुट्टालाई पालोपालो उठाउदै योग अभ्यास गर्दछ ।

उक्त भिडियोमा योगा गर्दै गरेको हात्ती अमेरीकाको कोलम्बस चिडियाखानाले आफ्नो फेसबुकमा शेयर गरेको छ ।

हात्तीको भिडियोमा क्यासन राख्दै चिडियाखानाले लेखेको छ, हाम्रो हात्ती ब्यायाम कार्यक्रमले यो सुनिश्चित गर्न मद्दत गर्दछ कि हाम्रो झुण्डको प्रत्येक सदस्य स्वस्थ छन् । यस समय कोनी र हैंक नामका दुई हात्ती यसको पालना गर्दैछन् ।

कोनी ४५ बर्षिय वृद्ध हात्ती हो । दैनिक ब्यायाम अभ्यासका कारणले उसको मांसपेशि र जोर्नीको आकार ठीक रहने चिडियाखानाको दाबी छ ।

हैंक उक्त चिडियाखानाको सबैभन्दा ठुलो हात्ती हो । यसको वजन करिब ७ हजार किलोग्राम रहेको छ । स्वस्थ रहनका लागी उसलाई पनि योगा गराइदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : २६ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको