वास्तुदोषबारे थाहा पाउनुपर्ने कुरा | Khabarhub Khabarhub

वास्तुदोषबारे थाहा पाउनुपर्ने कुरा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर एक यस्तो स्थल हो जहाँ हरेक आनन्द महशुस गर्न सकिन्छ ।

तर कहिलेकाहि यही घर समस्याको जड बनिदिन्छ । अर्थात वास्तुको दोष रहदाँ घरका कारणले जीवनमा नै अनेकन समस्या उत्पन्न हुन्छ ।

कतिपय मानिस वास्तुलाई वेवास्ता गर्दै घर बनाउछन् । जीवनभर यहि कारण बिभिन्न समस्याहरु भोग्नु पर्दछ । वास्तु अनुसार घर नभएमा निम्न समस्याहरु देखापर्ने वास्तुशास्त्रमा उल्लेख छ ।

– वास्तुका अनुसार सही तरीकाबाट घर बनेको छैन भने घरका मुख्य ब्यक्ति ऋणमा डुब्ने सम्भावना प्रवल रहन्छ ।
– घरमा वास्तुदोष रहँदा परिवारका सदस्य, विशेषतः पिता–पुत्र र पति–पत्नीबीच विवाद भइरहन्छ ।
– वास्तु अनुसार घर नभएमा समृद्धि नाश भएर जाने र दरिद्रता बढ्ने गर्दछ ।
– वास्तु सहि नभएमा अभाव र समस्या आउँदा मानिसको मनमा मृत्युबारे कुविचार आउने गर्दछ ।
– वास्तुदोषका कारण कुनै पनि रोग समेत हतपत निको हुदैन ।
– वास्तुदोषका कारणले जति नै आम्दानी भए पनि घरमा धन टिक्दैन ।
– वास्तु अनुकुल घर नभएमा घरमा चोरी, आगजनी तथा दुर्घटना हुने सम्भावना रहन्छ ।
– वास्तुको अभावमा ब्यक्तिको मान, प्रतिष्ठामा लगातार गिरावट आउने गर्दछ ।

यस्तोमा घरलाई वास्तुदोषरहित बनाउनु पर्दछ । यसका लागी निम्न उपाय गर्न सकिन्छ ।

– शयन कक्षमा पूजा घर बनाउनु हुदैन वा पुजा गर्नु हुदैन । यदि सम्भव नभएमा पुजा स्थललाई रात्रिमा छोपेर राख्नु पर्दछ ।
– घरको मुख्यद्धार दक्षिण हुनुहुदैन । यदि मुख्यद्वार दक्षिण हुने भएमा त्यहा सीसा वा हनुमानको फोटो लगाउनु पर्दछ ।
– यदि कुनै दिशाबाट वास्तुदोष वा नकारात्मक ऊर्जा आएको महशुस भएमा त्यसमार्गमा कपुरको दुई टुक्रा राख्नु पर्दछ । सकारात्मक ऊर्जा बनाइ राख्न कपुर बदलिरहनु पर्दछ ।
– वास्तुदोष निवारण गर्न घरको ईशान कोणमा तुलसीको विरुवा रोप्नु पर्दछ ।
– घरमा कबाडी सामान राख्नु हुदैन । विशेष रूपमा टुक्रिएको सिसा राख्नै हुदैन ।
– यदि घरको पर्खालमा चिरा परेको छ भने तुरुनत मर्मत गर्नु पर्दछ ।
– यदि घरमा धारा/पानि चुहिने समस्या छ भने त्यसलाई पहिलो प्राथमिकतामा मर्मत गर्नुपर्दछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : ०३ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज