पाकिस्तानविरूद्धको पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी | Khabarhub Khabarhub

पाकिस्तानविरूद्धको पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजमा घरेलु टिम इंग्ल्यान्डले अग्रता लिएको छ ।

म्यानचेस्टरमा शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको हो ।

ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले चौंथो दिनमै ७ विकेट गुमाएर पुरा गर्‍यो ।

इंग्ल्यान्डको जीतमा क्रिस वोक्स र जोस बट्लरले अर्धशतकीय इनिङ्स खेले । दोस्रो इनिङ्समा उत्कृष्ट खेलेका वोक्स ८४ रनमा अविजित रहे । बट्लर ७५ रनमा आउट भए ।

यस्तै कप्तान जोय रुट ४२ रनमा आउट भए भने डम सिब्लीले ३६ रन बनाए । पाकिस्तानका यासिर शाहले ४ विकेट लिए । शाहिन शाह अफ्रिदी,मोहमम्द अब्बास र नासिम शाहले १/१ विकेट लिए ।

यसअघि दोस्रो इनिङ्समा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्यान्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार साउथह्याम्पटनमा हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ३७ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको