अकूत सम्पत्ति कमाएको अभियोगमा इन्जिनीयर शाक्यविरुद्ध मुद्दा | Khabarhub Khabarhub

अकूत सम्पत्ति कमाएको अभियोगमा इन्जिनीयर शाक्यविरुद्ध मुद्दा


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिजिनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि १०५ वटा नक्कली कोटेशन बनाई रु पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो । सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गर्नुभएका शाक्यको २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच गरेको थियो ।

आयोगको अनुसनधान अनुसार रु एक करोड ५६ लाख ६ हजार ४८० बराबरको आय वैध रहेको पाइएको छ । सोही अवधिमा शाक्यले रु तीन करोड ८१ लाख १० हजार ४९० बराबरको लगानी तथा खर्च गरेको पाइएको छ । आयोगका अनुसार वैध सम्पत्तिको तुलनामा रु दुई करोड २५ लाख चार हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

अवैध रुपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इञ्जिनीयर शाक्यले श्रीमती मिथिला, छोरीहरु ज्योत्सना र उन्नतिको नाममा घर जग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारी साधन खरिद गरेको पाइएको छ ।

आयोगले सिनियर डिभिजनल इञ्जिनीयर शाक्य, उनकी श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ९ : २१ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ