अस्ट्रेलियामा आर्थिक घोटाला गर्ने एक नेपालीलाई १८ महिना जेल | Khabarhub Khabarhub

अस्ट्रेलियामा आर्थिक घोटाला गर्ने एक नेपालीलाई १८ महिना जेल


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नीः अस्ट्रेलियामा आर्थिक घोटला गर्ने एक नेपालीलाई १८ महिनाको जेल सजाय हुने भएको छ ।

वृद्ध व्यक्तिहरुको २० हजार अस्ट्रेलियन डलर घोटाला गरेको आरोपमा उनलाई १८ महिनाको जेल सजाय सुनाइएको हो ।

भारतीय कल सेण्टरमा काम गर्ने ती नेपालीले वृद्धहरु बस्ने गृहलाई लक्षित गरी १८ हजार ५०० डलर घोटाला गरेको अस्ट्रेलियाली मिडियाले जनाएका छन् ।

उनीहरुको क्रेडिट कार्ड अनैतिक रुपमा प्रयोग भएको र सहयोग गर्न आएको भन्दै क्रेडिट कार्डको लिएर घोटाला गर्ने गरेको आरोपमा सजाय सुनाइएको हो ।

९ न्यूजका अनुसार उनले संकलन गरेको क्रेडिट कार्डबाट पैसा निकाल्ने गरेका थिए । उनले केही पैसा विदेशमा समेत पठाएको समाचारमा उल्लेख छ ।

एक ८६ वर्षका वृद्धको क्रेडिट कार्डबाट सबैभन्दा बढी ५ हजार डलर निकालेका थिए । उनीसहित अन्य चार जनाको क्रेडिट कार्ड २१ पटक प्रयोग गरी जम्मा १८ हजार ५०० डलर रुपैया घोटाला गरेको खुलासा भएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ४४ बजे

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले