जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता | Khabarhub Khabarhub

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। बुधबार बसेको निर्वाचन आयोगको बैठकले पार्टी दर्ता गराउने निर्णय गरेको हो।

गएको १० वैशाखमा समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएको थियो।

एकीकरण लगत्तै आयोगमा दल दर्ताको निवेदन परेको थियो। तर, बन्दाबन्दीका कारण आयोगमा आवश्यक प्रमाण भने २५ जेठमा मात्रै बुझाइएको थियो।

उक्त पार्टीका नेता मोहम्मद इस्तियाक राईले आयोगले दल दर्ता गर्ने निर्णय गरेको बताए। तर, प्रमाणपत्र भने दिइएको छैन। संसदको दोस्रो र तेस्रो दल एकता गरी जनता समाजवादी पार्टी बनेको छ।

अब आयोगले राजपत्रमा दल दर्ता भएको सूचना प्रकाशित गरेसँगै उक्त दल औपचारिक रुपमा दर्ता हुनेछ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र