सेनाले साढे ११ सय किलोमिटर सडक बनायो : रक्षामन्त्री पोखरेल | Khabarhub Khabarhub

सेनाले साढे ११ सय किलोमिटर सडक बनायो : रक्षामन्त्री पोखरेल


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाली सेनाले हालसम्म ११ सय ४२ किलोमिटर सडक निर्माण गरेको बताएका छन्।

प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

नेपाली सेनालाई किन व्यवसायिक र विकास निर्माणमा लगाइएको भन्ने प्रश्नको जवाफमा उनले नेपाली सेनाकै कारण अहिलेसम्म ११ सय ४२ किमि सडक बनेको र २०१६ मा कान्ति लोकपथबाट सडक निर्माण सुरु गरेको स्मरण गराए।

त्यसयता कर्णाली राजमार्गसहित कठिन सडकहरूको निर्माण नेपाली सेनाले नै गर्दै आएको छ। पछिल्लो सडक दार्चुला टिङ्कर सडक निर्माणको जिम्मा समेत मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिएको छ।

त्यस्तै राष्ट्रिय गौरवको आयोजनामा राखिएको काठमाडौं–तराई जोड्ने फास्ट ट्र्याकको निर्माणको जिम्मासमेत सेनालाई नै दिइएको छ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ५७ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल