कञ्चनपुरमा आजदेखि लकडाउन खुकुलो बनाइँदै | Khabarhub Khabarhub

कञ्चनपुरमा आजदेखि लकडाउन खुकुलो बनाइँदै


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन डेढ महिनादेखि लागू लकडाउन कञ्चनपुरमा केही खुकुलो पारिएको छ।

यही वैशाख २४ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार शनिबारदेखि जिल्ला प्रशासनले लकडाउन केही खुकुलो बनाएको हो।

सरकारले औद्योगिक (मदिराबाहेक) क्षेत्र खुला गर्ने निर्णय गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरि खतिवडाका अनुसार आज (शनिबार)देखि लागू हुने गरी ३ घण्टा (बिहान ५ बजेदेखि ८ बजेसम्म) बजार खोल्न अनुमति दिइएको हो।

उनका अनुसार तोकिएका स्वास्थ्य सुरक्षा उपाय अपनाएर खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य पदार्थलगायत अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल खोल्न अनुमति दिइएको छ।

यस्तै राति ९ बजेदेखि बिहान ९ बजेसम्म औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु बोकेका साधन कञ्चनपुर प्रवेश, साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म विकास आयोजनामा प्रयोग हुने उपकरण, सिमेन्ट, छडलगायत निर्माण सामाग्री बोकेका गाडी सञ्चालन, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसल सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ।

बैंक तथा वित्तीय संस्था, अति आवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थामा अति आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो मिलाई कार्य सञ्चालन गर्न सकिने छ।

शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्लेस, सार्वजनिक जमघट, धार्मिक स्थलमा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद स्थल, सैलुन तथा ब्युटी पार्लर, होटल/बार/रेस्टुरेन्ट, फ्रेस हाउस तथा मासु पसल भने बन्द नै राख्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले देशमै पहिलोपटक चैत ९ गते राति १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको थियो।

सरकारले देशव्यापी रुपमा भने चैत ११ देखि लकडाउन लगाएको छ । पछिल्लोपटक थप गरिएको लकडाउन अवधि जेठ ५ गतेसम्म छ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर