युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो ।

सूचनामा कोरोनाका थप १४ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । यससँगै यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको छ ।

नयाँ संक्रमितमध्ये दुई नेपालीसहित ४ इमिरेटी, तीन इटालियन, दुई बंगलादेशी, एक रुसी, एक भारतीय र एक सिरियाली नागरिक छन् ।

सघन एवं सक्रिय अनुसन्धानपछि नयाँ संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयको सूचनामा जनाइएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको छ । हाल विश्वका १ सय ९ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ ।

विश्वभर १ लाख ११ हजार ६ सय ४२ जना सो भाइरसबाट संक्रमित भएका छन् ।

यूएइको स्वास्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति 

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ०२ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि