मुख्यमन्त्री राउतलाई ‘महामुर्ख’को उपाधि, मनिष बने ‘पटमुर्ख’ ! | Khabarhub Khabarhub

मुख्यमन्त्री राउतलाई ‘महामुर्ख’को उपाधि, मनिष बने ‘पटमुर्ख’ !


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामुर्ख’को उपाधि प्रदान गरेको छ ।

प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो ।

त्यसैगरी  यस पटक पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमन, हराशंखको उपाधि प्रदेश सांसद रामअशिष यादवलाई, सिलौटा उपाधि नेकपा प्रदेश सांसद रामचन्द्र मण्डललाई, भभकौवा उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई दिइएको छ ।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दै आएको छ ।

समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई मिनापले २०६१ सालदेखि नै ‘महामुर्ख’को उपाधि प्रदान गर्दै आएको छ । मिनापले महामूर्खका साथै बिभिन्न पदवीबाट समाजका अगुवाहरुलाई सम्मान गर्ने गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ६ : २९ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी