मिथिला मध्यमा परिक्रमा सम्पन्न, यात्रामा सहभागी तीर्थालु घर फर्किए | Khabarhub Khabarhub

मिथिला मध्यमा परिक्रमा सम्पन्न, यात्रामा सहभागी तीर्थालु घर फर्किए


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- विश्वको लामो धार्मिक यात्राका रुपमा चिनिएको १५ दिवसीय मिथिला परिक्रमा आज जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न भएको छ ।

धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन १२ गते शुक्ल औँसीका दिन शुरु मिथिला परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान घुम्दै आइतबार साँझ जनकपुर आइपुगेको थियो भने आज बिहान जनकपुरको पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी यात्रामा सहभागी नेपाल तथा भारतका सम्पूर्ण तीर्थयात्री घर फर्केका छन् ।

मध्यमा परिक्रमाको महत्वलाई राष्ट्रियस्तरमा परिचित गराउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले परिक्रमाको शुभारम्भ गरेका थिए ।

नेपाल र भारतका हजारौँ तीर्थालु सहभागी रहेको परिक्रमा थालनीमा दाहालले मिथिलाविहारी मन्दिरबाट रामको डोला उठाएका थिए । उनले उठाएको डोला साधुसन्तले सम्हाल्दै १५ दिवसीय यात्रा प्रारम्भ भएको थियो ।

हिन्दु धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ का अनुसार यो परिक्रमा १८औँ शताब्दीदेखि शुरु भएको जनाइन्छ । जनकपुरस्थित सुन्दर सदनका महन्त नवलकिशोर शरणका अनुसार प्राचीन मिथिलाका राजा जनकको दरबार र आसपास क्षेत्रको परिक्रमा गर्दा पुण्यप्राप्ति हुने विश्वास छ ।

उनले भने, “मिथिला क्षेत्रका बासिन्दाले मर्नु अघि कम्तीमा एकपटक मध्यमा परिक्रमामा सहभागी हुँदा मरणोपरान्त राम्रो हुने जनविश्वास छ । त्यसैले यो परिक्रमामा वृद्धवृद्धाको सहभागिता बढी हुने गर्दछ ।”

खासगरी रामायणमा वर्णन गरिएबमोजिम राम र सीताले घुमेको प्रसिद्ध धार्मिकस्थलहरूको दर्शन गर्न यो परिक्रमाको थालनी भएको जनकपुरका साधुसन्तहरूको भनाइ छ । हरेक वर्ष फागुन शुक्ल औँसीको दिन शुरु हुने यो परिक्रमा पूर्णिमाको दिन जनकपुरमा अन्तरगृह घुमेर सकिन्छ ।

जनकपुरधामको पिराडी चोक, मिल्स एरिया, भानु चोक, कदम चोक, विषहरा चोक, मुरली चोक, भ्रमरपुरा चोक, ज्ञानकुप हुँदै पुनः पिराडी चोकसम्म आइपुग्दा करिब पाँच किलोमिटर पुग्छ । यो परिक्रमालाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ । मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने बताइन्छ । जनकपुरको अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मात्रै जनकपुरमा होली खेल्ने चलन छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : ५८ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले