सुडानी प्रधानमन्त्रीलाई लक्षित गरी बम विस्फोट | Khabarhub Khabarhub

सुडानी प्रधानमन्त्रीलाई लक्षित गरी बम विस्फोट


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विस्फोट गराइएको छ । सुडानको राजधानी खार्तुममा उनीमाथि बम आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित छन् । उनी कार्यालय जाँदा बाटोमा बम विष्फोट गराइएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

उनलाई तत्कालै सुरक्षाकर्मील सुरक्षित स्थलमा लगेका थिए । आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।

अनलाइनमा पोष्ट गरिएको फुटेजमा प्रधानमन्त्री हामडोक चढेको सवारी साधन सहित दुईवटा सेता, जापानी सवारीसाधन सडकको किनारामा देखिएका छन् । ती सवारी साधनका झ्यालका शिशाहरु फुटेका छन् । विस्फोटमा अर्को एउटा गाडी पनि क्षतिग्रस्त भएको देखाइएको छ ।

प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए । जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता–साझेदारी गर्नेगरी सम्झौता भएको थियो । सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य–नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो ।

यस परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो ।

तर सैन्य जनरलहरू देशको शासनसत्ता नागरिक नेतृत्वको प्रशासनलाई हस्तान्तरण गर्न त्यति इच्छुक देखिएका छैनन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : ४० बजे

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक