४ लाख बढी नेपाली रहेको कतारमा ३ जना आप्रवासी कामदार कोरोनाबाट संक्रमित | Khabarhub Khabarhub

४ लाख बढी नेपाली रहेको कतारमा ३ जना आप्रवासी कामदार कोरोनाबाट संक्रमित


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

कतार सरकारले तीन जना आप्रवासी कामदारलाई कोरोना संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको जनाएको हो ।

ती कामदारसँग बस्‍ने अन्य कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ । संक्रमित आप्रवासी कामदार कुन देशका हुन् भन्‍नेबारे खुलाएको छैन ।

कतारमा झन्डै सय भन्दा बढी मुलुका कामदार रहेका छन् । नेपालीको वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमासमेत कतार रहेको छ । कतारमा चार लाख बढी नेपाली कामदार रहेका छन् ।

कतारले शनिबार मात्रै पत्रकार सम्मेलन गरेर ३ हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको थियो ।

जसमध्ये इरानबाट विशेष विमानमा चार्टर गरेर ल्याइएको १२ जना कतारी नागरिकलाई मात्रै कोरोनाको भाइरस देखिएको जनाएको थियो। उनीहरु कतारमा रहेका अन्य व्यक्तिसँग सर्म्पक नभएको कतारले जनाएको छ ।

सार्वजनिक स्वास्थ्य निर्देशक डा. शेख मोहम्मद विन हमाद अलथानीले जनतालाई कोरोना भाइरसबाट बचाउनका लागि उच्चस्तरीय प्रविधि जडित प्रणालीबाट प्रभावकारी निगरानी गरिरहेका बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : २० बजे

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने