राजकुमार हिरानीका फ्यान हुन् ‘लभ डायरिज’ का निर्देशक | Khabarhub Khabarhub

राजकुमार हिरानीका फ्यान हुन् ‘लभ डायरिज’ का निर्देशक


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरी आफू राजकुमार हिरानीको फ्यान भएको बताउँछन् ।

उनले पहिलोपटक फिल्म हलमा पुगेर हिरानीकै फिल्म ‘थ्री इडियट्स’ हेरेको पनि बताए । उनले भने, ‘मैले पहिलोपटक हलमा फिल्म हेर्दा रिङ्गटा नै लागेको थियो, त्यो फिल्म हेरेपछि मलाई फिल्म मेकिङप्रति पनि चासो लाग्न थाल्यो,’ उनले भने ।

‘लभ डायरिज’ निर्देशन गरेका चौधरीले यो फिल्म उत्कृष्ट बनेको दाबी गरे । उनले भने, ‘फिल्म राम्रो बनेको छ, यो फिल्म हेरेपछि मलाई लाग्यो, अर्को प्रोजेक्ट योभन्दा राम्रो कसरी बनाउन सकिएला ?’

उनले आफूलाई प्रेमकथामा आधारित फिल्म बनाउन सहज लाग्ने पनि बताए । उनका अनुसार हरेक मान्छेमा प्रेमको कथा हुन्छ । त्यसैले यो विधा अरु विधाभन्दा सहज पनि हुन्छ ।

चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरिज’ मा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमालको शीर्ष भूमिका छ । पूर्णतः प्रेमकथामा आधारित यो फिल्मले टिजर र ट्रेलरबाट औसत प्रतिक्रिया पाएको छ ।

फिल्म युनिटले सार्वजनिक गरेका गीतबाट पनि औसत प्रतिक्रिया पाएको छ । तयार भएर लामो समय रिलिज नै हुन नसकेको यो फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् ।

फिल्ममा मधु बाँस्तोलाको कथा छ भने सञ्जय लामाको डीओपी छ । फिल्मले दर्शकको साथ पाउनेमा फिल्म युनिट विश्वस्त छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : २७ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार