नेपाली सेनाको बेग्लै शक्तिशाली विभाग गठन गर्ने विधेयक संसदमा दर्ता « Khabarhub

नेपाली सेनाको बेग्लै शक्तिशाली विभाग गठन गर्ने विधेयक संसदमा दर्ता


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सैनिक ऐन २०६३ संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।

सरकाका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाली सेनाको बेग्लै गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गराएका हुन् ।

नेपाली सेनाभित्र विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर सुरक्षा नीति बनाउन सैनिक इन्टिलिजेन्ससम्बन्धी अलग्गै विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको हो ।

उक्त ऐन पारित भएमा अब नेपाली सेनाले सैनिक इन्टिलिजेन्स सेवा अन्तर्गत छुट्टै गुप्तचर विभाग गठन गर्न पाउनेछ ।

डिपार्टमेन्ट अफ मिलिटरी इन्टिलिजेन्स (डीएमआइ) मार्फत हुने सैनिक गुप्तचरीको काममा विभिन्न कोषबाट खर्च हुँदै आएकोमा महानिर्देशनालयबाट भन्दा छुट्टै गुप्तचर विभागमार्फत काम गर्दा सेनाको प्रतिरक्षा क्षमता बलियो हुने निष्कर्षसहित कानुन संशोधन गर्न लागिएको सैनिक स्रोतले जनाएको छ ।

विधेयकमा नेपाली सेनामा हाल कायम रहेको इन्टेलिजेन्स महानिर्देशनालयमा कार्यरत सैनिक कर्मचारीहरुलाई अब गठन हुने सैनिक गुप्तचर सेवामा लगिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ०३ बजे

प्रदेश १ : हिमादेवी बस्नेत सांसद नियुक्त

विराटनगर – हिमादेवी बस्नेत (भट्टराई) प्रदेश–१ सांसदमा नियुक्त भएकी छन् ।

अर्घाखाँची खेलकुद समितिको अध्यक्षमा क्षत्री नियुक्त

अर्घाखाँची – अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता

प्रथम महिला फुटसलको उपाधि एक्स गोर्खालाई

लमजुङ -लमजुङमा पहिलो पटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि

शिकागो गोली प्रहार : २२ वर्षीय संदिग्ध पक्राउ

शिकागो – अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्या

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण