नेपाली सेनाको बेग्लै शक्तिशाली विभाग गठन गर्ने विधेयक संसदमा दर्ता | Khabarhub Khabarhub

नेपाली सेनाको बेग्लै शक्तिशाली विभाग गठन गर्ने विधेयक संसदमा दर्ता


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सैनिक ऐन २०६३ संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।

सरकाका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाली सेनाको बेग्लै गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गराएका हुन् ।

नेपाली सेनाभित्र विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर सुरक्षा नीति बनाउन सैनिक इन्टिलिजेन्ससम्बन्धी अलग्गै विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको हो ।

उक्त ऐन पारित भएमा अब नेपाली सेनाले सैनिक इन्टिलिजेन्स सेवा अन्तर्गत छुट्टै गुप्तचर विभाग गठन गर्न पाउनेछ ।

डिपार्टमेन्ट अफ मिलिटरी इन्टिलिजेन्स (डीएमआइ) मार्फत हुने सैनिक गुप्तचरीको काममा विभिन्न कोषबाट खर्च हुँदै आएकोमा महानिर्देशनालयबाट भन्दा छुट्टै गुप्तचर विभागमार्फत काम गर्दा सेनाको प्रतिरक्षा क्षमता बलियो हुने निष्कर्षसहित कानुन संशोधन गर्न लागिएको सैनिक स्रोतले जनाएको छ ।

विधेयकमा नेपाली सेनामा हाल कायम रहेको इन्टेलिजेन्स महानिर्देशनालयमा कार्यरत सैनिक कर्मचारीहरुलाई अब गठन हुने सैनिक गुप्तचर सेवामा लगिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ०३ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको