नेपालमा पाइन छोड्यो भाइरस प्रतिरोधी मास्क | Khabarhub Khabarhub

नेपालमा पाइन छोड्यो भाइरस प्रतिरोधी मास्क


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको चीनलाई शुक्रबार एक लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गर्‍यो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीलाई एकलाख थान मास्क हस्तान्तरण गरेका थिए ।

माक्स ग्रहण गर्दै चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपालले माक्स सहयोग गरेकोमा खुसी व्यक्त गरिन् ।

सरकारले चीन सरकारलाई एक लाख थान माक्स हस्तान्तरण गरेपनि नेपालमा भने मास्कको अभाव देखिएको छ ।

कोरोना भाइरसको त्रास बढ्दै गएपछि नेपाली बजारमा भाइरस प्रतिरोधी मास्क ‘एन नाइण्टीफाइभ’ मास्कको मौज्दात नभएको रसायन तथा मेडिकल आपूर्ति संघका महासचिव विनोद मानन्धरले बताए ।

‘एन नाइण्टीफाइभ मास्क अहिले बजारमा मास्क अभाव छ, नेपालमा उत्पादन हुँदैन, स्टक बजारमा छैन,’ मानन्धरले भने, ‘एन नाइण्टीफाइभ मास्क बेच्नेहरु ४,५ वटा सप्लार्यस मात्र छौं । अहिले हामीसँग त्यसको मौज्दात छैन ।’

पहिला पहिला एन नाइण्टीफाइभ मास्कको माग कम हुने भएपनि चीनमा कोरोनाको संक्रमण फैलिएसँगै सो मास्कको माग बढेको संघका महासचिव मानन्धरले बताए ।

नेपालमा एन नाइण्टीफाइभ मास्क चीन र भारतबाट ल्याउने गरेकोमा चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आयात बन्द भएको छ । जसले गर्दा आफूहरुसँग मास्कको मौज्दात नहुँदा बजारको माग धान्न नसकेको संघका महासचिव मानन्धरको भनाइ छ ।

‘हामीले एन नाइण्टीफाइभ मास्क अस्पतालहरुमा विक्री गर्ने हो, पहिला– पहिला कम मात्रामा माग हुन्थ्यो, अहिले कोरोना भाइरसको संक्रमणपछि माग ह्वात्तै बढेको छ, तर मागअनुसार हामीसँग मौज्दात छैन,’ संघका महासचिव मानन्धरले भने, ‘एन नाइण्टीफाइभ मास्क आउने पनि चाइना, इण्डिया बाट नै हो । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आयत बन्द छ । त्यसैले माग धान्न सकेका छैनौं ।’

बजारमा मास्कको अभाव देखिन सक्ने भन्दै औषधि व्यवस्था विभागले माघ १७ गते रसायन तथा मेडिकल आपूर्ति संघलाई पत्राचार नै गरेर मास्क, ग्लोभ्स तथा ह्यान्ड स्यानीटाइजरको मौज्दात राख्न आग्रह समेत गरेको थियो ।

विभागले मास्कको खुद्रा विक्री वितरण नियन्त्रित रुपमा गर्न समेत निर्देशन दिएको थियो । तर संघले भने मास्क आयत बन्द भएकाले सरकारलाई चाहिन सक्ने मास्कको व्यवस्थापन गर्न आग्रह गरीएको संघका महासचिव मानन्धरको भनाइ छ ।

‘औषधि व्यवस्था विभागले हामीलाई पत्राचार गरेको थियो, हामीले सरकारलाई हामीसँग एननाइण्टीफाइभ मास्क मौज्दात छैन भनिसकेका छौं,’ संघका महासचिव मानन्धरले भने, ‘हामीले सरकारलाई सजेस्ट गरीसकेका छौं, सरकारलाई चाहिने मास्क आफैले पहल गरेर मगाउनुस् भनेका छौं ।’

सर्जिकल मास्कले बचाउँदैन कोरोनाबाट

कोरोना भाइरसको संक्रमण रोक्ने एन नाइण्टीफाइभ मास्क मात्र नभइ नेपालमै उत्पादन हुने सर्जिकल मास्कमा समेत कालोबजारी हुन थालेको जनस्वास्थ्य विज्ञ रविन्द्र समिर बताउँछन् ।

उनले भने, ‘चीनको वुहानमा फैलिएको कोरोना संक्रमणको कारण नेपालमा पनि मास्क र स्यानिटाइजको कृत्रिम अभाव सुरु भएको छ ।’
नेपालमै उत्पादन हुने सर्जिकल मास्कले कोरोना भाइरसको संक्रमण नरोक्ने डा समिरले बताए ।

‘नेपालमै उत्पादन हुने भनेको सर्जिकल मास्क हो, त्यो मास्क चिकित्सिकहले विरामीको शल्यक्रिया गर्दा नाक, मुखबाट थुक, छिटा नआओस् भनेर प्रयोग गर्ने हो, मानिसहरुले धुलो धुवाबाट जोगिन पनि यो मास्क प्रयोग गर्ने गर्छन,’ डाक्टर समिरले खबरहबसँग भने, ‘तर सर्जिकल मास्कले आँखाले नदेख्ने काठमाडौकै प्रदुषण त रोक्दैन । नेपालमा कारोनाको संक्रमण देखियो भने सर्जिकल मास्कले संक्रमण सर्नबाट रोक्दैन । सर्जिकल मास्कले कोरोना भाइरसलाई फिल्टर गर्न सक्दैन ।’

डा समिरले औषधि पसलमा पाइने सर्जिकल मास्क कोरोना भाइरस संक्रमणको लागि जोहो गर्न उपयुक्त नहुने बताउँछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : १९ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ