के रुबिनालाई ‘क्याप्टेन’ फिल्मबाट अफर आएको थियो ? | Khabarhub Khabarhub

के रुबिनालाई ‘क्याप्टेन’ फिल्मबाट अफर आएको थियो ?


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बक्स अफिसमा खासै सफल भएन । तर यही फिल्मबाट नायिका उपासना सिंह ठकुरीले चर्चा कमाइन् । अहिले उपासना पछिल्लो समय चर्चामा रहेकी नायिकाको सूचीमा अटाउँछिन् ।

यो फिल्म गतवर्ष प्रदर्शनमा आएको थियो । उपासनाले ‘क्याप्टेन’ पछि फिल्म ‘कबड्डी ३’ मा अभिनय गरेर चर्चा पनि कमाइन् ।

तर, रुबिनाको डेब्यु फिल्म बल्ल प्रदर्शनको क्रममा रहेको छ ।

यसैबीच फिल्म ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले फिल्म ‘क्याप्टेन’ मा ‘लभ डायरिज’ नायिका रुविना थापालाई अफर आएको बताए । उनले ‘क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले फिल्ममा रुविनालाई अप्रोच गरेको बताए ।

‘रुविनालाई क्याप्टेन फिल्मबाट अफर आएको थियो, तर हाम्रो फिल्म रिलिज नुहँदै अरु फिल्ममा उहाँलाई डेब्यु नगराउने भनेर मैले नै हुन्न भनेँ,’ सौरभले सुनाए ।

‘लभ डायरिज’ की नायिका रुविनाले भने फिल्मबाट अफर आएको बल्ल थाहा पाएको प्रतिक्रिया दिइन् । उनले ‘लभ डायरिज’ नै पहिलो डेब्यु फिल्म होस् भन्ने चाहेको पनि बताइन् ।

आइतवार (आज) पत्रकारसँगको भेटघाटमा रुविनाले भनिन्, ‘मैले त अफर आएको पनि बल्ल थाहा पाएँ,’ रुविनाले हाँस्दै सुनाइन् ।

लामो समय रिलिज हुन नसकेको फिल्म ‘लभ डायरिज’ अन्ततः आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म गएको असोज ३ गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । पछि प्राविधिक कारण देखाउँदै फिल्मको रिलिज मिति सारिएको थियो ।

‘लभ डायरिज’ मा रुविनाका अलावा सुशील श्रेष्ठ र विश्वजीत रिमालको पनि शीर्ष भूमिका छ । प्रेमकथामा आधारित यो फिल्म प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ मा रिलिज हुँदैछ ।

मधु बास्तोलाको स्किृप्ट रहेको यो फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ । फिल्मको छायांकन सञ्जय लामाले गरेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : ३४ बजे

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गरौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित

वैशाख २६ अगाडि एमालेले सोडारीलाई विश्वासको मत नदिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते