न्याम्समा खुल्यो डीएम तथा एमसीएचमा नयाँ भर्ना | Khabarhub Khabarhub

न्याम्समा खुल्यो डीएम तथा एमसीएचमा नयाँ भर्ना


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा नयाँ शैक्षिक सत्रमा डीएम तथा एमसीएचमा भर्ना खुलेको छ । न्याम्सले बुधबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७६/७७ का लागि डीएम र एमसीएच तहमा भर्ना खुलेको जानकारी दिएको हो ।

न्याम्सले डीएम कार्डियोलोजीमा ३ जना, हेप्टोलोजीमा २ जना ग्यास्ट्रोइन्ट्रोलोजीमा ३ जना, नेफ्रोलोजीमा २, मेडिकल अंकोलोजीमा २ जनाका लागि भर्ना खुला गरेको हो ।

यस्तै एमसीएच सर्जिकल ग्यास्ट्रोइन्ट्रोलोजीमा १ जना, युरोलोजीमा २ जना, न्युरोसर्जरीमा २ जना, प्लास्टिक एण्ड रिकन्स्ट्रक्टीभ सर्जरीमा ३ जना, थोरासिक भास्कुलर सर्जरीमा २ जनाका लागि भर्ना खुलाएको हो ।

न्याम्सको नयाँ शैक्षिक सत्रका लागि खुल्ला गरीएको डीएम तथा एमसीएचमा भर्ना हुन मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमडी र एमएस वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

यस्तै नेपाल मेडिकल काउन्सिलबाट विशेष चिकित्सकको दर्ता प्रमाणपत्र ( विशेषज्ञ लाइसेन्स) प्राप्त चिकित्सकले मात्र डीएम तथा एमसीएचमा भर्ना पाउनेछन् ।

यस्तै न्याम्समा कार्यरत चिकित्सकको हकमा कानुनबमोजिम अध्ययन विदा पाउन योग्य भएका र अन्य चिकित्सकको हकमा मान्यता प्राप्त स्वास्थ्य संस्थामा कम्तीमा एक वर्षको कार्य अनुभव हुनुपर्ने न्याम्सले जनाएको छ ।

डीएम तथा एमसीएच तहमा नयाँ भर्नाका लागि न्याम्सले अनलाइन फारमको व्यवस्था गरेको छ । भर्ना हुन चाहने विद्यार्थीले पुस २५ गतेदेखि माघ १६ गतेसम्ममा अनलाइनमार्फत फारम भर्नुपर्ने छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : २५ बजे

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा

पोखरा- गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले

गण्डकीमा सभामुखकाे मत जाेडेर मुख्यमन्त्रीले पाए विश्वास

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी

कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै

काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल