ब्रेक्जिटपछिको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ : प्रधानमन्त्री जोनसन | Khabarhub Khabarhub

ब्रेक्जिटपछिको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ : प्रधानमन्त्री जोनसन


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताएका छन् ।

यसैहप्ता हुने प्रधानमन्त्री जोनसनको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उनले उक्त धारणा राखेका हुन ।

ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रसेल्स भ्रमणमा जाँदैछन् ।

“हामी आशावादी हुनुपर्दछ र विश्वास गर्नु पर्दछ कि व्यापार वार्ताले सफलता पाउनुपर्छ ।” प्रधानमन्त्रीले स्काई न्यूजसँगको कुराकानीमा भनेका छन् ।

उनले भनेका छन्, “सत्य कुरा यो हो कि तत्कालका लागि व्यापार सम्झौता ‘निकै कठिन’ छ ।”

जोनसनले भने, “हामी अर्को दुई दिनमा कहाँ पुग्छौं भनेर हेर्नेछौं, तर मलाई लाग्छ कि बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन इच्छुक छ ।”

प्रधानमन्त्री जोनसन बिहीबार ब्रसेल्स जाने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

ब्रेक्जिटपछिको व्यापार वार्तामा गतिरोध अन्त्य गर्नका लागि जोनसन र युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले ४८ घण्टाभित्र दोस्रो पटक सोमबार पनि टेलिफोन सम्वाद गरेका थिए ।

यसैबीच यूरोपेली संघ (इयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको ब्यापार वार्तामा ईयू एकतावद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ४५ बजे

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा

महासंघले भन्यो : ‘सिधा कुरा’को समाचार रोक्ने सर्वोच्चको आदेश संविधानविपरीत

काठमाडौं– नेपाल पत्रकार महासंघले केही न्यायाधीशहरूलाई समेत मुछ्ने गरी ‘सिधा

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश