अस्ट्रेलियाविरुद्धको अन्तिम टी–२० क्रिकेटमा भारत पराजित | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्धको अन्तिम टी–२० क्रिकेटमा भारत पराजित


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा भारत १२ रनले पराजित भएको छ।

घरेलु मैदान सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनमात्रै बनाउन सक्यो।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान दिए लक्ष्य भेटाउन सकेनन् ।

यस्तै शिखर धवन २८, हार्दिक पाण्डे २० रनमा आउट हुँदा केएल राहुल र श्रेयस ऐर शून्य रनमा पेभेलियन फर्किएका थिए ।

अस्ट्रेलियाका मिचेल स्विपसनले ३ विकेट लिए भने ग्लेम म्याक्सवेल, सियन अबोट, एन्ड्रयु टाइ तथा अडम जम्पाले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि म्याथु वेडले सर्वाधिक ८० रन बनाएका थिए भने म्याक्सवेल ५४ तथा स्टिभ स्मिथ २४ रनको योगदान दिए ।

भारतका लागि वासिंगटन सुन्दरले २ विकेट लिएका थिए । टी नटराजन तथा सार्दुल ठाकुरले १/१ विकेट लिए। यसअघि दुई खेलमा पराजित भएको अस्ट्रेलिया भने सान्त्वना जित निकाल्दै टी–टवान्टी सिरिज अन्त्य गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ४५ बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल