हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु | Khabarhub Khabarhub

हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको तल्लो क्षेत्रमा रहेको आदानचुली गाउँपालिकामा नियमित खोप सेवा शुरु भएको छ ।

अदानचुलीको पालिका केन्द्र श्रीनगरमा रहेको खोप केन्द्रमा नियमित खोप लगाउने कार्य शुक्रबारबाट शुरु गरिएको हो ।

श्रीगनर स्वास्थ्यचौकीबाट वितरण हुने खोप उपलब्ध भएसँगै वडा नं १ देखि ५ वडामा रहेका सबै खोप केन्द्रमा लगाउन शुरु गरिएको हो ।

प्रत्येक महिनाको एकपटक गर्भवती तथा बालबालिकालाई लगाइने नियमित खोप शुक्रबारदेखि लगाउन शुरु गरिएको श्रीनगर स्वास्थ्यचौकीका इन्चार्ज सामशरण थापाले जानकारी दिए ।

पहिलो दिन कल्खे सामुदायिक स्वास्थ्य एकाइको खोप केन्द्रबाट शुरु भएको यो कार्यक्रम २५ गतेसम्मका लागि निरन्तर हुने भएको इन्चार्ज थापाले जानकारी दिए ।

नियमित खोप गर्भवती तथा बालबालिका लागि अनिवार्य लगाइनुका साथै प्रत्येक महिना नियमितरूपमा नछुटाएर खोप लगाउँदा अन्य रोग लाग्नबाट सजिलै लड्न सक्ने हुनाले सबैले यो खोप लगाउन आवश्यक छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ५७ बजे

 माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको