अमेरिकामा संक्रमण दर उच्च, फेरि थपिए १ लाख २४ हजार संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा संक्रमण दर उच्च, फेरि थपिए १ लाख २४ हजार संक्रमित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण दर फेरि बढ्न थालेको छ ।

चार दिनयता अमेरिकामा लगातार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार र आज सोमबार पनि १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार २३२ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १ लाख ८२ हजार ८१८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४१ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३४ लाख ९७ हजार ८१७ जनामध्ये १८ हजार ४८० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४३ हजार २५७ पुगेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : २१ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।