बार्यनको अपराजित यात्रा कायमै, डर्टमण्ड पराजित | Khabarhub Khabarhub

बार्यनको अपराजित यात्रा कायमै, डर्टमण्ड पराजित


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोल गरे ।

डर्टमण्डका मार्को रिउस र अर्लिङ हालाण्डले एक/एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने डर्टमण्डले बनाएको थियो । २४औं मिनेटमा लेवान्डोस्कीले गोल गरे पनि अफसाइड भयो । ४५औं मिनेटमा रिउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

तर, पहिलो हाफको इन्जुरी समयमा बायर्नका अल्बाले गोल गरेपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफको सुरूवातमै अर्थात् ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

८०औं मिनेटमा सानेले गोल गर्दा बायर्नको अग्रता ३-१ को बन्यो ।

खेलको ८३औं मिनेटमा हालाण्डले एक गोल फर्काए । तर, त्यसपछि गोल हुने सकेन र अन्ततः बायर्नले खेल ३-२ ले जित्यो ।

जितसँगै बायर्नले शीर्ष स्थान यथावत राखेको छ । बायर्नले ७ खेलमा ६ जित र एक बराबरीसहित १८ अंक जोडेको छ । डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ५ : ५३ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल