‘खेलकुदका गतिविधि गराउन सकिन्छ तर जोखिम कम भएको छैन’ | Khabarhub Khabarhub

‘खेलकुदका गतिविधि गराउन सकिन्छ तर जोखिम कम भएको छैन’



काठमाडौँ— झण्डै सात महिनादेखि ठप्प खेल गतिविधि सुरु गर्न सम्भव छ कि छैन ? नेपालको खेल क्षेत्रमा यो प्रश्न निकै टड्कारो बनेको छ ।

जनस्वास्थ्यविज्ञ डा. सुमन रावलको विचारमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को र नेपाल सरकारको स्वास्थ्य निर्देशिका पालना गर्न सके खेल गतिविधि सञ्चालन गर्न सकिन्छ ।

डा. सुमन रावल, जनस्वास्थ्यविज्ञ

पालना गर्न नसके के हुन्छ ? यसमा पनि डा. रावलको जवाफ हाजिर छ, ‘स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्न सकिएन भने चाहिँ खेलकुद गतिविधिले ब्याकफायर गर्न सक्छ ।’

डा. रावलका अनुसार डब्ल्युएचओले आयोजक र सहभागी खेलाडीले ध्यान दिन पर्ने कुराहरू स्पष्ट पारेर निर्देशिका दिएको छ । ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी बनाउने, शरीरको तापक्रम नाप्ने, साबुनपानीले राम्रोसँग हात धुने, मास्क प्रयोग गर्ने लगायतका कुरा छन् ।

खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई सके १४ दिन र नसके कम्तीमा ७ दिन क्वारेन्टिनमा राखेर अभ्यास गराउन र खेलाउन सकिने डा. रावलको भनाइ छ ।

उनी भन्छन्, ‘खेलाडीलाई केही दिन स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा राख्न सके जोखिम कम हुन्छ । इन्डोर गेम धेरै मानिस भेला नगरी, राम्रो भेन्टिलेसन भएको हलमा गर्न सकिन्छ ।’

मैदानमा खेलाडीहरू कम्तीमा एक मिटर दूरी बनाएर बस्नुपर्छ । चेन्जिङ रूम पनि अलिक फराकिलो हुनुपर्छ । डा. रावलका अनुसार सरकारले व्यवस्थित तरिकारले खेल गतिविधि सञ्चालन गर्न दिँदा हुन्छ तर मापदण्ड पालना अनिवार्य छ ।

डा. रावलले भने, ‘स्वास्थ्य सुरक्षाको उपाय अपनाएर व्यवस्थित तरीकाले खेलाडीलाई मैदानमा उतार्न सक्दा सरकारले राम्रो काम गरेको सन्देश जानसक्छ, खेलाडीहरूले पनि सुरक्षित महसुस गर्छन् ।’

खेलाडी, प्रशिक्षक र अफिसियलहरूको उचित व्यवस्थापन भएन र स्वास्थ्य सुरक्षा दिन सकिएन भने झन कठिन अवस्था आउन पनि आउन सक्छ । यो पक्षमा ध्यान दिन उनको सुझाब छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाले खेलाडीलाई क्वारेन्टिनको व्यवस्था गर्न नसकिने बताइसकेका छन् । उनले खेलाडीहरूलाई सुरक्षित अभ्यासमा फर्काउन आफूले पहल गरिरहेको पनि बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि सरकारले गत फागुन अन्तिममा खेल गतिविधि बन्द गराएको थियो । राखेपले सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मैदानमा चलिरहेको शहीद स्मारक बी डिभिजन लिग बीचमै राक्न निर्देशन दिएको थियो ।

साउन पहिलो साता नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलको अभ्यास सुरु गर्न अनुमति दिएको थियो तर अभ्यास सुरु गर्न नपाउँदै भदौ ४ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी भयो । राखेपले पनि खेल अभ्यास बन्द गर्न पत्र नै लेखेको थियो ।

एन्फाले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि अभ्यास सुरु गर्न राखेपमा अनुमति मागेको छ तर कुनै ठोस निर्णय भएको छैन । एन्फाको उक्त निर्णय सिसिएमसीमा पुगेको बताइएको छ ।

खेलाडीलाई मैदान फर्काउन ढिलो हुँदै गएकोमा खेल क्षेत्रका सरोकारवालाहरू गुनासो गर्न थालेका छन् । सरकार खेल गतिविधि चलाउन गम्भीर नभएको उनीहरूको आरोप छ ।

हाल कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । बिहीबारसम्ममा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ नयाँ संक्रमित भेटिएका छन्, तीमध्ये २ हजार ५४० जना काठमाडौँ उपत्यकका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : ०५ बजे

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ

पोखरा– ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख  पुग्याे : राष्ट्रसङ्घ

याङ्गुन–  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले

सरकारले अब महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुने बेला आयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी

दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो