मैत्रीपूर्ण फुटबलमा स्पेन र पोर्चुगलको बराबरी | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबलमा स्पेन र पोर्चुगलको बराबरी


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् ।

पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखे पनि स्पेनले गोल गर्न सकेन ।

स्पेनका ड्यानियल ओल्मो र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।

खेलको दोस्रो मिनेटमा नै ड्यानियल ओल्मोले गोलको सुन्दर अवसर खेर फाल्दा स्पेन अग्रता लिनबाट चुक्यो । जेरार्ड मोरेनोको पासमा ओल्मोले रुवेन सेमेडोलाई बिट गर्दै गरेको प्रहारलाई पोर्चुगलका गोलरक्षक रुई प्याटिसियोले उत्कृष्ट बचाउ गरे ।

पाँचौँ मिनेटमा ड्यानियल सेवालोसको थ्रु पासमा ओल्मो पुन चुके । ११औं मिनेटमा सर्जी रोबर्टोको पासमा रोड्रिगोको २० यार्ड टाढाको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै सर्जियो रिगुइलोनको पासमा ओल्मोको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए ।

२५औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा रेनाटो सान्चेसको प्रहार क्रसबारबाट थोरै बाहिरिद पोर्चुगल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफमा पनि दुबै टोलीका कयौँ प्रहार गोलमा परिणत हुन सकेन । ५३औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा पोर्चुगल अग्रता लिनबाट चुक्यो । रिवाउन्डमा सान्चेसको प्रहार पनि आकासियो ।

रसियामा भएको विश्वकपको समूह चरणमा ३–३ गोलको बराबरी खेलेका दुई टोलीले मैत्रीपूर्ण खेलमा पनि बराबरी खेलेका हुन् ।

नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको पोर्चुगलले तेस्रो राउन्डमा विश्वविजेता फ्रान्ससँग १२ अक्टोवर र १५ अक्टोवरमा स्वीडेनसँग खेल्दैछ । समूहमा पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ ।

नेसन्स लिगको नेसन्स लिगको ‘ए’ को ४ मा रहेको स्पेनले ११ अक्टोबार स्वीट्जरल्यान्डसँग तथा १४ अक्टोवरमा युक्रेनसँग खेल्ने तालिका छ ।

स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । युक्रेनको ३ तथा जर्मनीको २ अंक छ । स्वीट्जरल्यान्ड १ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ६ : २० बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका