कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन : रक्षामन्त्री पाेखरेल | Khabarhub Khabarhub

कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन : रक्षामन्त्री पाेखरेल


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उपत्यकाका प्रतिनिधि सभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका हुन ।

महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समीक्षा गर्दै उपत्यकाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सुझावपत्र बुझ्दै मन्त्री पोखरेलले कोरोना महामारीविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए । उनले उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरे ।

निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्ने र आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्ने उनको भनाइ थियो ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवत-जावतले उपत्यका सङ्क्रमणको हब बनेको बताए ।

उपत्यकाका सांसदहरुको संयोजन गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेशनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले निषेधाज्ञाका कारण काठमाडौंका सडकमा कैयौं मनिस भोकभोकै परेको भन्दै प्रधानमन्त्रीदेखि मन्त्री र सांसदको तलबभत्ता कटौती गरेर भएपनि उनीहरुलाई खानाको व्यवस्था गर्न माग गरे ।

‘कोरोना महामारीका कारण सबै क्षेत्र बन्द छ, दिनभर मजदुरी गरेर परिवार पाल्नेहरुलाई यो महामारीको पीडा अन्यलाई भन्दा बढी छ, सडकमा कैयौं व्यक्ति भोकै छन, निषेधाज्ञा बढाउँने हो भने उनीहरुलाई खानाको व्यवस्था गर्न अब प्रधानमन्त्रीदेखि मन्त्री र हामी सांसदको समेत तलबभत्ता कटौती गरेर भएपनि खानाको व्यवस्था गरौं’,  सांसद प्रधानले भने ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद शशी श्रेष्ठले रोगले भन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् ।

काठमाडौंबाट प्रतिनिधि सभातर्फ निर्वाचित सांसदहरुको प्रतिनिधि मण्डलको टोलीले २६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन प्रधानको नेतृत्वमा प्रतिनिधिसभा सांसदहरु शशि श्रेष्ठ, बिन्दा पाण्डे, राजेन्द्र केसी सहितको टोली रक्षामन्त्रालय गएका थिए ।

ज्ञापनपत्रमा २०७६/०७७ को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित गरिएको बाँकी रकम र २०७७ /०७८ को विनियोजित रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्डको व्यवस्था गर्न माग गरिएको छ ।

भृकुटी मण्डपको एक्सपो हल, महाँकालस्थित सेनाको त्रिचन्द्र अस्पताल, वीर अस्पतालको नव निर्मित भवन, दरबार हाइ स्कुलको नवनिर्मित भवन, त्यस्तै १० वटै निर्वाचन क्षेत्रका उपर्युक्त आवासीय स्कुल भवन छनोट गरी आइसोलेसन केन्द्र बनाउन समेत माग गरेका छन् ।

यस्तै पसीआर प्रविधिबाट हुने परिक्षण सर्वोच्च अदालतको आदेश अनुसार नै निशुल्क गर्न, हट स्पटहरुमा सेरोलोजिक टेष्ट बढाउन, मोवाइल टेष्टिङको व्यवस्था गर्न, स्वाब टेस्टको रिपोर्ट २४ घण्टामा नै दिने व्यवस्था मिलाउन समेत उनीहरुले माग राखेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : ५५ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्